धरान फाइनलमा



०३ माघ २०७५, इटहरी

आयोजक धरान फुटवल क्लव धरानमा जारी २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको उपाधी नजिक पुगेको छ ।

धरान रगंशालामा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा लिग उपबिजेता संकटा क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै आयोजक धरान फाइनलमा पुगेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै टाइब्रेकरमा धकेलीएको थियो ।

ट्राईब्रेकरमा संकटाका अमित तामाङ, दिपेश आले मगर र लक्ष्मण रुचालले गोल गर्दा सेड्रिक अबा र सरोज दाहालको प्रहार धरानका गोलकिपर विनय श्रेष्ठले रोकेका थिए ।

त्यस्तै धरानका तर्फबाट वर्तमान राई, मिलन राई, योगेश राई र दोर्जे तामाङले गोल गरे भने हेमन्त थापा मगरको प्रहार संकटाका राजाबाबु थापाले रोकेका थिए ।

दुई गोल रोकेर धरानलाई महत्वपुर्ण योगदान दिएका बिनय खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद १५ हजारको साथमा सिल्ड प्राप्त गरे ।

उपाधिका लागि धरानले फाइनलमा डाफिन्स क्लब क्यामरुन र नेपाल पुलिस क्लबबीच हुने दोस्रो सेमीफाइनलको विजेताको सामना गर्नेछ ।

प्रतियोगिताको दोश्रो सेमिफाईनल खेल शुक्रबार हुनेछ । प्रतियोगिताको बिजेताले ८ लाख र उपबिजेताले ४ लाख प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्