चिनियाँ सर्वोच्च अदालतको आदेशमा मेलम्ची खानेपानी आयोजनाले डेढ अर्ब पाउने



०४ फागुन २०७५, काठमाडौं

मेलम्ची खानेपानी विकास समितिले सुरुङ निर्माणको ठेक्का बीचैमा छाडेर हिँडेका चिनियाँ कम्पनीबाट बैंक धरौटीबापतको एक अर्ब ५१ करोड रुपैयाँ पाउने भएको छ ।

चाइना रेल्वे ग्रुप अफ कम्पनीले सन् २००९ मा सरुङ निर्माण ठेक्का लिँदा हिमालय बैंक र बैंक अफ काठमाडौंमा १ अर्ब ५१ करोड रुपैयाँ धरौटी राखेको थियो । कम्पनीका तर्फबाट चाइना कन्स्ट्रक्सन बैंक ‘काउन्टर ग्यारेन्टी’ बसेको थियो । चाइना कन्स्ट्रक्सनको ग्यारेन्टी पत्रका आधारमा दुई नेपाली बैंक सहायक ग्यारेन्टी बसेका हुन् ।

चिनियाँ सर्वोच्च अदालतले बुधबार चाइना कन्स्ट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको रकम नेपाली बैंकलाई तिर्न आदेश दिएको मेलम्ची आयोजनाको एक अधिकारीले जानकारी दिए । त्यही आदेशका कारण धरौटीबापत डेढ अर्ब रुपैयाँभन्दा बढी रकम पाउने बाटो खुलेको उनले बताए । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्