०३ फागुन २०७५, इटहरी
क्यामरुनको फेम्ली दाफिन्स क्लव धरानमा जारी ‘२१ औं बुढासुब्बा रेडबुल गोल्डकप’मा धरानसँगको भेट पक्का गरेको छ ।
आज भएको अन्तिम सेमिफाईनल खेलमा नेपाल नेपाल पुलिस क्लवलाई सडनडेथमा पराजित गर्दै दाफिन्सले उपाधि भिडन्त पक्का गरेको हो ।
धरान रंगशालामा शुक्रबार सम्पन्न खेलमा निर्धारित समयमा दुवै तर्फवाट कुनै गोल नभएपछि खेल ट्राईव्रेकरमा धकेलिएको थियो । तर ट्राईव्रेकरमा पनि ५–५ गोलको वरावरी भएपछि खेलको नतिजा लिन सडनडेथमा जानुपर्यो ।
सडनडेथमा पुलिसका निरकुमार राईले गोल गरे तर बिक्रम धिमालको प्रहार डफिन्सका गोलकिपर प्रिसो एनजंगाले पन्च गरेका थिए । जुन प्रहार रोक्दा सर्वाधिक पुरस्कार राशी भएको खप्तड गोल्डकप जितेको पुलिसको यात्रा सेमिफाईनलमै रोकियो ।
दाफिन्सका लागि किपर प्रिसो र जो एंगोला गोल गरे र जित सुनिश्चित गरे । खेलको म्यान अफ दि म्याच दाफिन्सका किपर प्रिसो घोषित भए । उनले नगद १५ हजार को साथमा ट्रपी हात पारे ।
प्रतियोगिताको फाईनल खेल शनिबार आयोजक धरान फुटबल क्लब र दाफिन्स क्यामरुनबीच हुनेछ ।