विवाहपछि पहिलो पटक मिडियामा यसरी देखिए बर्षा र सन्जोग (भिडियो)



०५ फागुन २०७५, काठमाडौँ

चर्चित नायिका बर्षा राउत र सन्जोग कोइरालाले ७ बर्षको लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । यहि फागुन २ गते विवाह गरेका बर्षा र सन्जोगले फागुन ३ गते ग्राण्ड रिसेप्सन पार्टी पनि दिइसकेका छन् ।

विवाहपछि बर्षा र सन्जोगले पहिलो पटक दिएको अन्तवार्ता यतिबेला सामाजिक सञ्जालमा निकै हिट बनिरहेको छ । बर्षा र सन्जोग अहिले निकै खुसी छन् । उनीहरुले ७ बर्षमा आफूहरुले धेरै संघर्ष गरेर आज यो स्थानसम्म आइपुगेको बताए ।

त्यतिमात्र नभएर बर्षाले अब सन्जोग पुरै तरिकाले आफ्नो भएको बताइन् । उनले अब सन्जोगलाई आफ्नो बुढा भन्न सक्ने समेत बताइन् । बर्षा र सन्जोगले निकै धुमधामसँग विवाह गरेका छन् । तर दुवैले केही दिनपछि नै आफ्नो काम सुरु गर्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्