बर्षाको विवाहमा आँचलको भनाई, ‘अझै १५–२० जनाको विहे खाएपछि मात्र म विहे गर्छु’



०५ फागुन २०७५, काठमाडौँ

नायिका बर्षा राउतले निकै धुमधामसँग आफ्नो विवाह सम्पन्न गरेकी छिन् । उनले आफ्ना प्रेमी सन्जोग कोइरालासँग फागुन २ गते लगनगाठो कसेकी हुन् । विवाहपछि उनले फागुन २ mगते राजधानीमा निकै भव्य पार्टीको आयोजना गरेकी थिइन् । उनको पार्टीमा धेरै कलाकारहरु उपस्थित भएका थिए ।

निकै बरिष्ठ कलाकारदेखि नव आगन्तुक कलाकारसम्मको सहभागी भएको पार्टीमा नायिका आँचल शर्माी पनि पुगेकी थिइन् । उनी बर्षाको पार्टीमा कालो कलरको गाउन लगाएर पुगेकी थिइन् । जसमा उनलाई निकै नै राम्री देखिएको थियो ।

आँचलले बर्षा र सन्जोगको लागि आफू निकै खुसी भएको बताइन् । साथै उनले बर्षा र सन्जोगको भविष्यको लागि पनि उनीहरुलाई शुभकामना दिइन् । आँचललाई पनि मिडियामा विवाहको प्रश्न खुब आउने गर्छ । बर्षाको पार्टीमा पनि उनलाई विवाहबारे सोधिएको थियो । यसमा आँचलले रमाईलो जवाफ दिएकी छिन् । उनले अझै १५–२० जनाको भोज खाएर मात्र आफ्नो विवाह गर्ने बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्