दर्पण छायाँ जस्तै चलचित्रको खोजीमा छु : दिलीप रायमाझी



०५ फागुन २०७५, काठमाडौँ

दिलीप रायमाझी नेपालका निकै चर्चित अभिनेता हुन् । तर पछिल्लो समयमा उनी नेपाली चलचित्रमा त्यति सक्रिय छैनन् । उनी पछिल्लो सयमा आफ्नो परिवारसँग नै व्यस्त छन् । उनले पछिल्लो समयमा चलचित्र नाई नभन्नु ल ५ मा काम गरेका थिए ।

अहिले उनी फेरि चलचित्रमा आउने तरखरमा छन् । उनले नेपाली चलचित्र क्षेत्रमा धेरै सफल चलचित्रमा काम गरेका छन् । जसमध्ये एउटा दर्पण छायाँ पनि हो । दर्पण छायाँ दिलीपको निकै हिट चलचित्र हो ।

उनले केहिदिन अघिमात्र एक कार्यक्रममा आफूले दर्पण छायाँ जस्तै राम्रो चलचित्रको खोजी गरिरहेको बताए । उनले आफूले राम्रो स्क्रिप्ट भेटेमा चलचित्रमा फेरि आउने बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्