आज स्वस्तिमा र निश्चलले विवाह गरेको ३ बर्ष पुग्यो, शुभकामना दिनेको ओइरो



०५ फागुन २०७५, काठमाडौँ

स्वस्तिमा खड्का र निश्चल बस्नेत दुवै नेपाली चलचित्र जगत्का सफल कलाकार हुन् । अझ निश्चल त निर्देशकको रुपमा नेपाली चलचित्रमा आएका हुन् । उनले केही चलचित्र निर्देशन गरिसकेका छन् भने केही चलचित्रमा अभिनय पनि गरिसकेका छन् ।

स्वस्तिमा र निश्चललाई राष्ट्रिय दाजु भाउजुको उपनाम दिइएको छ । आज तिनै निश्चल र स्वस्तिमाको विवाहको ३ बर्ष पुरा भएको छ । स्वस्तिमा र निश्चलले आजभन्दा ३ बर्ष पहिले विवाह गरेका थिए ।

आज उनीहरुको एन्नीभर्सरी  भएकाले उनीहरुलाई सबैले  शुभकामना दिइरहेका छन् । निश्चल र स्वस्तिमाले पनि सामाजिक  सञ्जालमा आफ्नो तस्बिर सेयर गर्दै आफ्नो खुसी साटासाट गरेका छन् । हाम्रो तर्फबाट पनि निश्चल र स्वस्तिमालाई शुभकामना ।

 

 

 

प्रतिक्रिया दिनुहोस्