यसरी मनाए रणवीर र दिपिकाले विवाहपछिको पहिलो भ्यालेनटाइन



०५ फागुन २०७५, काठमाडौँ

रणवीर सिंह र दिपिका पादुकोण बलिउडका निकै क्युट कपल हुन् । यी दुईले लामो समयको प्रेमसम्बन्धपछि सन् २०१८ नोभेम्बरमा इटालीमा विवाह गरेका थिए । विवाहपछि रणवीर र दिपिका आफ्नो जीवनमा निकै खुसी छन् ।

गत शुक्रबारदेखि रणवीर सिंहको चलचित्र गल्ली ब्वाइज रिलिज भएको छ । यसपालीको भ्यालेनटाइन दिपिकाले रणवीरसँग चलचित्र हेरेर बिताइन् । अहिले सामाजिक सञ्जालमा रणवीर र दिपिकाको भ्यालेनटाइन डे को फोटो  निकै हिट भैरहेको छ ।

जहाँ रणवीर र दिपिकालाई गाडीमा रोमान्टिक मुडमा देख्न सकिन्छ । गाडीमा रणवीर र दिपिका एकअर्कासँग निकै रमाइरहेको देख्न  सकिन्छ । उनीहरुको उक्त फोटोमा दर्शकले सकरात्मक प्रतिक्रिया दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्