४ वटा निर्देशिका तर्जुमाका लागि सैद्धान्तिक सहमति



०५ फगुन २०७५, काठमाडौँ

कर्णाली प्रदेशको शुक्रबारसाँझ बसेको मन्त्रिपरिषद् बैठकले ४ निर्देशिका, १ विधेयक र १ कार्यविधिलाई तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्ताव गरेका कर्णाली प्रदेश सार्वजनिक सम्पत्ति व्यवस्थापन निर्देशिका, कर्णाली प्रदेश बहुवर्षीय आयोजना सञ्चालनसम्बन्धी निर्र्देिशका, कर्णाली प्रदेश अनुगमन तथा मूल्यांकन निर्र्देिशका र कर्णाली प्रदेश बजेट तर्जुमा तथा कार्यान्वयनसम्बन्धी  निर्देशिका तर्जुमाको लागि सैद्धान्तिक सहमति दिइएको हो ।

यस्तै, सोही मन्त्रालयले प्रस्ताव गरेको कर्णाली प्रदेश सार्वजनिक निजी साझेदारीसम्बन्धी विधेयक तर्जुमाको लागि सैद्धान्तिक सहमति प्रदान गरिएको छ ।

मन्त्रालयले प्रस्ताव गरेको कर्णाली प्रदेश आर्थिक कार्यविधिलाई ऐन–२०७५ संशोधनको लागि बैठकले सैद्धान्तिक सहमति प्रदान गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रस्ताव गरेको कर्णाली प्रदेश जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि–२०७५ स्वीकृत गरेको छ ।

यसैगरी, प्रशासन तथा विधेयक समितिबाट परिमार्जनसहित आएको कर्णाली प्रदेश स्वयंसेवक परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गर्न सामाजिक विकास मन्त्रालयलाई स्वीकृति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्