लगातार २ उपाधि पाहुना दाफिन्सलाई



०५ फागुन २०७५, इटहरी

पाहुना टोली आयोजक धरान फुटबल क्लबलाई ट्राईव्रेकरमा पराजित गर्दै दाफिन्सले उपाधि रक्षा गरेको छ ।

धरान रंगशालामा शनिबार भएको फाइन खेल निर्धारित समयसम्म गोलरहित वरावरीमा सकिएपछि ट्राईव्रेकरवाट खेलको नतिजा निकालिएको हो । टाइब्रेकरमा ३–२ ले स्तब्ध बनाउँदै दाफीन्स च्याम्पियन बनेको हो । गत हप्ता पोखरा कपको उपाधी समेत पोल्टामा पारेको दाफिन्स पहिलो पटक धरानमा सहभागिता जनाएको टोली हो ।

पहिलो सहभागितामा नै उपाधि जित्न सफल हुदा आयोजक भने पाँचौ पटक फाइनलमा असफल बन्दै उपाधि विहिन भयो ।

खेलको म्यानअफ दि म्याच भएका धरानका गोल रक्षक विनय श्रेष्ठले नगद १५ हजार पाए ।

च्याम्पियन वनेको दाफिन्सले नगद ८ लाख पुरस्कार र ट्रफी हात प्राप्त गर्यो भने उपविजेता वनेको धरानले ४ लाखको साथमा ट्रफि प्राप्त गर्यो ।

प्रतियोगितामा धरानका मनोज राईले उत्कृष्ट डिफेन्स, हेमन्त थापा मगर उत्कृष्ट मिडफिल्डर घोषित भए र नगद २५÷२५ हजार प्राप्त गरे । उत्कृष्ट स्ट्राईकर धरानका मिलन राई घोषित भए र २५ हजार नगद पाए, भने खेलको सर्वोत्कृष्ट खेलाडी धरानकै डिफेन्स विष्णु सुनुवार घोषित भए । उनले स्कुटी प्राप्त गरे ।

प्रतियोगिताभर २ गोल गरेका दाफिन्सका एन्जामा यानिकले सर्वाधिक गोलकर्ताको उपाधीसँगै नगद ३५ हजार पाए भने दाफिन्सका औरेल इनामीले वेष्ट कोचको उपाधि सँगै नगद २५ हजार पाए । भने उत्कृट गोल किपरको उपाधि सँगै दाफिन्सका गोल रक्षक प्रीसो एन्जङ्गाले नगद २५ हजार पाए ।

प्रतिक्रिया दिनुहोस्