मलाई सबैभन्दा राम्री लाग्ने नायिका नम्रता श्रेष्ठ हो : अनमोल केसी



०५ फागुन २०७५,काठमाडौँ

अनमोल केसी अहिलेका निकै चर्चित अभिनेता हुन् । उनी यतिबेला आफ्नो चलचित्र क्याप्टेन मा व्यस्त छन् । चलचित्र क्याप्टेन यहि फागुन १७ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

अनमोल यतिबेला क्याप्टेन को प्रचारप्रसारमा व्यस्त छन् । यसैक्रममा उनले एक अन्तवार्तामा आफ्नो मन पर्ने कुरा बताएका छन् । उनले आफूलाई सुपरस्टार  हिरो राजेश हमाल र ब्लकबस्टर भुवन केसी लाग्ने बताए ।

उनले आफूलाई सबैभन्दा राम्री लाग्ने नायिका नम्रता श्रेष्ठ भएको बताए भने नायक शिव श्रेष्ठ । त्यस्तै अनमोलले आफूलाई कारभन्दा धेरै बाइक चलाउन मनपर्ने पनि बताए । उनले आफू लोभी नभएर धेरै खर्चालु भएको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्