‘मैले चलचित्र क्षेत्रमा आँखा चिम्लेर विश्वास गर्ने मान्छे भनेको पल मात्र हो’ : आँचल शर्मा



०५ फागुन २०७५, काठमाडौँ

आँचल शर्मा नेपालकी निकै चर्चित नायिका हुन् । उनी पनि आजभोली निकै व्यस्त र डिमाण्डेड बन्दै गएकी छिन् । आँचल यतिबेला चलचित्र दाल, भात, तरकारी मा व्यस्त छिन् । चलचित्र दाल, भात, तरकारी को एक गीत पनि रिलिज भैसकेको छ । जसलाई दर्शकले निकै रुचाएका पनि छन् ।

आँचलको नाम जहिले पनि पल शाहसँग जोडिएर आउने गरेको छ । धेरैले उनको र पलको अफेयर चलेको बताउँछन् । तर पल र आँचलले यो कुरा झुटो भएको बताउँदै आएका छन् ।

आँचलसँग केहीदिन अघि लिइएको अन्तवार्तामा आँचलले आफ्ना केही कुराहरु खोलेकी छिन् । आजभोली आँचललाई धेरै रिसाहा भएको आरोप आउने गर्छ । तर आँचलले आफू त्यतिधेरै रिसाहा नभएकोे बताएकी छिन् ।

त्यतिमात्र नभएर उनलाई पलबारे प्रश्न गरिदा आँचलले आफूले नेपाली चलचित्र क्षेत्रमा कसैमाथि आँखा चिम्लेर विश्वास गर्न सक्ने व्यक्ति भनेको पल नै भएको बताइन् । उनले आफूलाई पलले कहिल्यै पनि विश्वासघात नगर्ने कुरामा आफू विश्वस्त रहेको पनि बताइन् । उनले पललाई चलचित्र क्षेत्रमा आफ्नो सबैभन्दा मिल्ने साथी भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्