विवाहपछि बर्षाको भनाई, अब सन्जोगलाई ढुक्कसँग बुढा भन्न पाएँ



०५ फागुन २०७५, काठमाडौँ

बर्षा राउतले यहि फागुन २ गते आफ्ना प्रेमी सन्जोग कोइरालासँग निकै धुमधामसँग विवाह गरेकी छिन् । विवाहपछि पहिलो पटक अन्तवार्ता दिदाँ बर्षा र सन्जोगले आफूलाई शुभकामना दिने सम्पूर्ण दर्शकलाई निकै धन्यवाद दिए ।

बर्षा र सन्जोग विवाहपछि अझ धेरै खुसी देखिएका छन् । तर दुवै जनाले तत्काल एकअर्कासँग समय विताउने योजना रहेको बताए । बर्षाले अब केहिदिनमै आफू चलचित्र जात्रै जात्रा को छायांकनमा व्यस्त हुने बताए भने सन्जोगले पनि आफ्नो कामको लागि समय दिने बताए ।

अन्तवार्तामा बर्षालाई प्रेमी सन्जोग र श्रीमान् सन्जोगमा के कुरा फरक लाग्यो भन्दा बर्षाले रमाइलो जवाफ दिएकी छिन् । उनले अब सन्जोगलाई खुल्लासँग बुढा भन्न सक्छु भनिन् । पहिले प्रेमी हुँदा त्यो हक नभएको तर अब सन्जोगलाई ढुक्कसँग आफ्नो बुढा भन्न सक्ने बर्षाले बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्