०५ फागुन २०७५, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं ११ स्थित रहेको शारदा एकेडेमीमा खेलकुद सप्ताह शुरु भएको छ ।
उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति काठमाडौंका अध्यक्ष ध्रुवराज न्यौपाने प्रमुख अतिथि तथा उपाध्यक्ष बद्री भट्टराईको विशेष अतिथि रहेको थियो ।
उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष न्यौपानेले खेलाडीले ध्यान दिएर राम्रोसँग खेल खेल्दा एक जना व्यक्तिले आफु मात्र नभएर देशलाईनै विश्व सामु चिनाउन सक्ने बताएका थिए ।
कार्यक्रमका विशेष अतिथि उपाध्यक्ष भट्टराईले पढाई र खेलकुदमा समान रुपमा अगाडी बढ्दा धेरै सहज हुने बताएका थिए ।
उद्घाटन समारोहमा नेपालमै पहिलो पटक सारी ड्रिल विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । त्यसैगरि अभिभावकहरुले समेत म्युजिकल चेयर, घैँटो फुटाउने लगायतका खेल खेलेर मनोरञ्जन लिएका थिए ।
एक हप्ताभरि विद्यालयले फूटबल, भलिबल, टेवलटेनिस, क्रिकेट, बास्केटबल, म्याराथुन, सर्टपुट, ज्याभलिन थ्रो, ब्याटमिन्टन लगायतका खेलहरु खेलाउने विद्यालयका सहायक प्रधानाध्यापक मोहन प्रसाद फुँयालले जानकारी दिएका छन् ।
दिनेश काजी थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सो विद्यालयका शिक्षक रविन खड्काले गरेका थिए ।