रणवीरसँगको बिहेको कुराले दिक्क लाग्छ : आलिया भट्ट



०६ फागुन २०७५, काठमाडौँ

रणवीर कपुर र आलिया भट्ट बलिउडका निकै क्युट कपल हुन् । आजभोली यी दुईको प्रेमको चर्चाले बलिउडमा खुब स्थान पाइरहेको छ । त्यसैले पनि रणवीर र आलियालाई हरेक कार्यक्रममा विवाहको प्रश्न सोधिन्छ ।

आलियाले आफू रणवीरसँग रिलेसनसिपमा बस्दा खुसी भएपनि तत्काल भने विवाह गर्ने सोचमा नभएको बताइन् । उनले आफू आफ्नो काममा नै रमाइरहेको भएकाले अहिले नै विवाह नगर्ने बताइन् । त्यसैले उनले रणवीरसँगको प्रेममा खुसी भएपनि विवाहको कुरा आउँदा चाहिँ दिक्क लाग्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्