विश्वकपपछि सन्यास लिँदै ‘क्रिस गेल’ !



०६ फाल्गुन २०७५, काठमाडौं

विश्व क्रिकेटमा ब्याट्सम्यानको रुपमा सु–परिचित नाम हो, ‘क्रिस गेल’ ! वेष्ट इन्डिजका खेलाडी उनले २०१९ को मे ३० देखि जुलाई १५ सम्म इंग्ल्यान्ड र वेल्समा हुने विश्वकमबाट भने सन्यास लिने घोषणा गरेका हुन् ।

३९ वर्षीय गेलले यसै वर्ष इंग्ल्यान्ड र वेल्समा हुने एकदिवसीय विश्वकप क्रिकेटपछि सन्यास लिने घोषणा गरेको बीबीसीले जानकारी दिएको छ । क्रिस गेल इंग्ल्यान्डसँगको क्रिकेट सिरिजमा टिममा फर्किएका छन् । इंग्लान्डसँगको एकदिवसीय क्रिकेट सिरिज यही बुधबारदेखि सुरु हुँदैछ ।

एकदिवसीय क्रिकेटमा क्रिस गेलले २३ शतक प्रहार गरेका छन् भने ४९ अर्धशतक बनाएका छन् । उनले एकदिवसीय क्रिकेटमा मात्रै ९७२७ रन बनाएका छन् । सन् २०१५ को विश्वकप क्रिकेटमा उनले दोहोरो शतक प्रहार गरेका थिए ।

जिम्बाब्वेविरुद्ध बनाएको त्यो २१५ रन नै उनको करिअरको सबैभन्दा उच्च स्कोर हो । अलराउडरको रुपमा परिचित गेलले एक दिवसीय क्रिकेटमा १६५ विकेट समेत लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्