स्याण्डविच चोरेको अभियोग लागेपछि गयो सत्ताधारी सांसदको पद



०६ फागुन २०७५, काठमाडौँ

स्लोभेनियाका सत्ताधारी सांसदले सुपरमार्केटबाट एउटा स्याण्डविच चोरेको अभियोगमा सांसद पदबाट हात धुनु परेको छ ।

सांसदले स्याण्डविच चोरेको घटनाका स्लोभेनियाको संसदमा चर्को विरोध भएपछि अन्नत आफूले गल्ती गरेको भन्दै सांसद पदबाट राजीनामा दिए ।

स्लोभेनियाको सत्ताधारी दलका सांसद दारजी क्रेजिसिच अघिल्लो हप्ता संसदमा देशको सुरक्षा प्रणालीको विषयमा भएको बहसमा सहभागी भएका थिए ।

त्यहिबेला उनले आफूले एउटा सुपर मार्केटबाट स्याण्डविच चोरेको खुलासा गरे ।

आफू सुपर मार्केटमा स्याण्डविच किन्न गएको बेला हातमा स्याण्डविच लिएर पैसा तिर्न जाँदासमेत सुपर मार्केटका कुनैपनि कर्मचारीले उनलाई ध्यान नदिएका कारण उनी केही समय पैसा तिर्न पखिएपनि कसैले मतलब नगरेका कारण त्यो स्याण्डवीच लिएर सुपरमार्केटबाट बाहिरिए ।

जब ती सांसदले आफूले स्याण्डविच चोरेको खुलासा गरे, तब तत्कालै विपक्षी सांसद तथा उनकै दलका सांसदहरुले पनि विरोध जनाए । स्याण्डविच चोरेर उनले ठूलो गल्ती गरेको सांसदहरुको ठहर थियो ।

सांसद दारजीले संसदमा आफैंले आफ्नो अपराधको खुलासा गरेका थिए ।

तर त्यो आफ्नो एउटा सोसल एक्सपेरिमेन्ट रहेको उनको दाबी छ ।  संसदमा हुने यस सम्बन्धी बहसमा आफुले आफ्नै अनुभव समेत बताउन पाइयोस् भनेर आफूले त्यस्तो काम गरेको उनको जिकिर छ ।

तर बिहान स्याण्डविच चोरेका ती सांसदले साँझ आफै त्यहाँ पुगेर त्यसको पैचा चुक्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्