‘दर्पण छायाँ’ को सिक्वेल बन्ने, फेरि एकसाथ देखिदैँ दिलीप, निरुता र उत्तम



०५ फागुन २०७५, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रमा दिलीप रायमाझी र निरुता सिंह चर्चित नाम हो । चलचित्र दर्पण छायाँ ले यो जोडी बाधेको हो । चलचित्रमा दिलीप र निरुतासँगै उत्तम प्रधान पनि मुख्य भूमिकामा थिए ।

केहीबर्ष अगाडी चलचित्र दर्पण छायाँ को भाग २ पनि बनाइएको थियो । तर विडम्बना उक्त चलचित्रलाई दर्शकले कत्तिपनि रुचाएनन् । उल्टो पहिलेको चलचित्रको अपनाम गरेको भन्ने आरोप चलचित्रलाई लाग्यो ।

अब फेरि दर्पण छायाँ को सिक्वेल बन्ने भएको छ । जसमा पहिलेकै कलाकार देख्न पाइने भएको छ । निरुताले चलचित्रमा फर्किएपछि आफूले सधैँ दिलीप र उत्तमलाई निकै मिस गरेको बताउँदै आएकी छिन् भने दिलीपले पनि दर्पण छायाँ जस्तै चलचित्रको खोजीमा आफू रहेको बताइरहँदा अब दर्पण छायाँ जोडीलाई फेरि पर्दामा देख्न पाइने भएको छ । चलचित्रको छायांकन अर्को बर्षबाट सुरु हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्