३ युवतीद्वारा एक युवकको लगातार ३ दिनसम्म गरियो बलात्कार



०६ फागुन २०७५, काठमाडौँ

बलत्कार अहिलेको सबैभन्दा धेरै घट्ने र डरलाग्दो घटना हो । नेपालको सन्दर्भमा मात्र नभएर विश्वव्यापी रुपमा नै बलत्कारलाई प्रमुख सामाजिक समस्या मानिएको छ । सामान्यतया महिला बलत्कृत भएको त हामीले सुनेका र देखेका छौँ तर पुरुष पनि बलत्कृत भए भन्दा हामीलाई अचम्म लाग्न सक्छ ।

यस्तै अपत्याउँदो  खबर दक्षिण अफ्रिकाबाट आएको छ । दक्षिण अफ्रिकाका एक पुरुष ३ महिलाद्धारा बलत्कृत भएका छन् । उनले आफ्नो घर जाने क्रममा ट्याक्सी चढेका थिए । ट्याक्सीमा उनीभन्दा अगाडी नै ३ युवती बसेका थिए । तर अचानक ट्याक्सी लगत दिशातर्फ लगियो र ती युवकलाई एक इन्जेक्सन दिइयो ।

होस आउँदा ती युवक डरलाग्दो कोठाको बेडमा थिए । त्यसपछि पनि उनलाई जबरजस्ती चिसो खुवाइयो र उनी बेहोस भए । ती युवक लगातार ३ दिनसम्म ती ३ युवतीले धेरैपटक बलत्कार गरे । ती युवक पछि अर्धनाङ्ग अवस्थामा बल्लतल्ल घर भने पुग्न सफल भए ।

 

 

प्रतिक्रिया दिनुहोस्