आँचलसँग घरबार जोड्ने पलको चाहना (भिडियो)



०६ फागुन २०७५, काठमाडौँ

पल शाह र आँचल शर्मा नेपाली चलचित्र क्षेत्रमा निकै रुचाइएका जोडी हुन् । यी दुईले एकसाथ केही चलचित्र र धेरै म्यूजिक भिडियोमा काम गरिसकेका छन् । चलचित्रमा आउनु अघि नै यो जोडी निकै चर्चामा छन् ।

पल र आँचललाई धेरैले रियल लाइफ जोडी भन्ने सोच्छन् तर पल र आँचलले सधैँ आफूहरु एकअर्काको राम्रो साथी मात्र भएको बताउँदै आएका छन् । भर्खरै मात्र यी दुईको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सन्तोष सुनारको शब्द र संगीत रहेको घरबार बोलको गीतमा कृष्ण कार्की र बिन्दु परियारको आवाज रहेको छ । निकै रमाईलो शैलीको गीतमा पल र आँचल फिचर्ड छन् । उक्त गीतलाई राजिव समरले निर्देशन गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्