आमा बन्दै प्रियंका चोपडा, विवाह अघि नै थिइन् गर्भवती !



०६ फागुन २०७५, काठमाडौँ

बलिउड अभिनेत्री प्रियंका चोपडाले गत डिसेम्बरमा आफ्ना अमेरिकन प्रेमी निक जोनससँग विवाह गरेकी छिन् । विवाहपछि अहिले उनी निकसँग अमेरिकामा नै बस्छिन् । अहिले उनी हलिउड चलचित्रको प्रमोशनमा व्यस्त छिन् ।

प्रियंकाको बारेमा नयाँ कुरा सार्वजनिक भएको छ । उनी आमा बन्दै छिन् । सन्दा अचम्म लाग्न सक्छ । उनको विवाह भएको १ महिना मात्र कटेको छ । तर उनी गर्भवती भएको खबर बाहिर आएको छ । प्राप्त जानकारी अनुसार प्रियंका विवाह अघि नै गर्भवती भएकी हुन् ।

प्रियंकाले केहीसमय अघि घुमाउरो पारामा एक अन्तवार्तामा आमा बन्नु निकै ठूलो सौभाग्यको कुरा भएको बताएकी थिइन् । उनले धेरै कार्यक्रममा आफ्नो पेट लुकाउने कोशिस गरेकी थिइन् । तर अहिले उनको बेबी बम्प देखिन थालिसकेको छ । निक र प्रियंका चाडैँ नै आमा बाबु बन्दै छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्