प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र बेतिथिको जग बसाए



०६ फागुन २०७५, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र बेतिथिको जग बसाएको आरोप लगाएका छन् ।

ओली नेतृत्वको सरकारले एक वर्षे अवधिमा समृद्धिलाई भन्दा भ्रष्टाचार र बेतिथिलाई बढावा दिएको पौडेलको भनाइ छ ।

तनहुँमा सोमबार भएको कार्यकर्ता भेटघाटमा समृद्धिको कुरा गर्ने तर भ्रष्टाचार र बेतिथिलाई प्रश्रय दिने प्रधानमन्त्रीको कार्यशैलीबाट समृद्धि नआउने बताए ।

’प्रधानमन्त्रीजी देश समृद्ध बनाउँछु भन्नुहुन्छ तर भ्रष्टाचार र बेतिथिको जग बसाउनुहुन्छ,’ उनले भने, ’ओलीजीले एक वर्ष कुरैकुरामा गुजार्नुभयो, काम गर्नुभएन । उनले कार्यकर्तालाई निष्ठाको राजनीति गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्