फेरि एकपटक आफ्ना पूर्वप्रेमी हिमांशलाई सम्झेर भक्कानिएर रोइन् नेहा



०६ फागुन २०७५, काठमाडौँ

नेहा कक्कड बलिउडकी निकै चर्चित गायिका हुन् । तर पछिल्ला दिनहरुमा उनी आफ्नो अफेयर र ब्रेकअपका कारण धेरैमा चर्चामा छिन् । उनको केही समय अघि हिमांश कोहलीसँग ब्रेकअप भएको थियो । उनको ब्रेकअपको कुरा अझै सेलाइसकेको छैन ।

वास्तवमा नेहाले हिमांशलाई निकै  माया गर्थिन् । त्यसैले पनि उनीसँग ब्रेकअप हुँदा नेहा धेरै टुटेकी थिइन् । नेहाले आफूलाई सम्हाल्ने निकै कोशिस गरिरहेकी छिन् । तरपनि बेलाबेलामा केही कुराले उनलाई हिमांशको याद दिलाउँछ ।

नेहा केहिदिन अघि एक डान्स रियालिटी शो मा गएकी थिइन् । त्यहाँ एक बच्चाले उनको आफ्नै गीतमा डान्स गरेका थिए । जसलाई देखेर नेहा निकै भावुक भइन् । उनले आफूलाई सम्हाल्नै सकिनन् र रोइन् । उनले आफू निकै हर्ट भएको भन्दै जीन्दगीमा आएका केही खराब मान्छेका कारण आफूले निकै नराम्रो महशुस गरेको बताइन् ।

जे होस नेहा आफ्नो ब्रेकअपको पिडाबाट बाहिर आउँदै छिन् । उनलाई धेरैजनाले सम्झाइपनि सकेका छन् । नेहाले अब आफ्नो जीन्दगी निकै रमाइलो गरेर बिताउने बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्