०६ फागुन २०७५, काठमाडौँ
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले ६ महिनाभित्र १२ औं महाधिवेशन गर्ने गरी तदर्थ समिति गठन गर्न माग गरेको छ ।
११ औं महाधिवेशनमा निर्र्वािचत अध्यक्ष नैनसिंह महरइतर समूहले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेविसंघ विधानअनुसार ३२ वर्षे उमेरहद कायम राखेर तदर्थ समिति गठन गर्न माग गरेको छ ।
निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले ११ औं महाधिवेशनमा आफूले १७ सयभन्दा बढी मत ल्याएकोले त्यसको भावनाअनुसार नै तदर्थ समिति गठन गर्न माग गरे ।
त्यसबेला सबभन्दा बढी भोट हामीले ल्याएका थियौं । अब तदर्थ समिति बनाउँदा पनि त्यो मतको कदर हुनुपर्छ, उनले भने ।
पार्टीिभत्र रहेको गुटगट छाया नेविसंघको संगठनमा लाद्न खोजे स्वीकार्य नहुने उनले बताए ।
उनले ३२ वर्ष माथिका व्यक्तिको हातमा नेविसंघको तदर्थ समिति बनाए समानान्तर समिति गठन गर्ने चेतावनी दिएका छन् ।
२१ जिल्लामा नेविसंघको अधिवेशन भए पनि बाँकी जिल्लामा भने समिति रिक्त छ ।
पार्टीले अनावश्यक हस्तक्षेप गर्दा नेविसंघको संगठनमा असर परेको उनको भनाइ छ ।