अशोक र ए.आरले पहिलो पटक हिन्दी गीत गाउँदा यस्तो बन्यो रुपन्देहीको माहोल (भिडियो)



०६ फागुन २०७५, काठमाडौँ

अशोक दर्जी र ए आर बुढाथोकी अहिलेका सर्वाधिक व्यस्त र चर्चित बाल गायक हुन् । अशोक मन बिनाको धन ठूलो की धन बिनाको मन गीतबाट चर्चामा आएका हुन् भने ए आर बुढाथोकी अशोकसँग विभिन्न कन्सर्टमा गीत गाउन थालेपछि चर्चामा आएका हुन् ।

आजभोली अशोकले स्टेजमा गीत गाउने मात्र नभएर आफ्नो बोलीले दर्शकलाई लठ्ठै बनाउन पनि सिकिसकेका छन् । अशोकले धेरै स्टेज प्रोगामहरु गरिसकेका छन् । जसका कारण उनलाई धेरै कुराको ज्ञान पनि भैसकेको छ ।

अशोक हरेक कार्यक्रममा आफ्ना गीतहरु गाउने गर्थे । तर उनले रुपन्देहीको एक कार्यक्रममा पहिलो पटक हिन्दी गीत गाएका छन् । उनीसँगै ए आरले पनि हिन्दी गीत गाए । अशोक र ए आरले पहिलो पटक हिन्दी गीत गाउँदा रुपन्देहीको माहोल नै अर्कै बनेको थिए । उनीहरुले गीत गाउँदा सबैले निकै हुटिङ पनि गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्