जब भयो ६ बर्षकै उमेरमा आफ्नै दाजु बहिनीको विवाह



०६ फागुन २०७५, काठमाडौँ

पुर्नजन्म हुन्छ वा हुँदैन तर मानिसले यसमा विश्वास भने गर्ने गरेका छन् । यस्तै खबर थाइल्याण्डबाट आएको छ । थाइल्याण्डमा बसोबास गर्ने एक परिवारमा ६ बर्षका आफ्नै दाजु बहिनीको विवाह भएको छ ।

परिवारले ती दाजु बहिनी पूर्वजन्ममा पती पत्नी भएको अनुमान लगाउँदै निकै धुमधामसँग आफ्नै दाजु बहिनीको विवाह गरिदिएको हो । सन् २०१२ मा जन्मिएका ती दाजुबहिनीको मात्र ६ बर्षको उमेरमा विवाह भएको छ ।

मानिसका इच्छा अधुरै रहेमा उसको पुर्नजन्म हुने कुरामा हामी विश्वास गर्ने गर्दछौँ । अहिले यो समाचार सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । सुन्दा निकै अचम्म लाग्न सक्छ । तर यो थाइल्याण्डबाट आएको सत्य घटना हो ।

 

 

प्रतिक्रिया दिनुहोस्