नेपालले दियो १ सय २७ रनको लक्ष्य मलेसियालाई



०७ फागुन २०७५, काठमाडौँ

थाइल्यान्डमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा अहिले नेपालले आफ्नो पहिलो म्याच मलेसियाविरुद्ध खेलिरहेको छ ।

टस जितेको नेपालले पहिलो ब्याटिङ गर्दै मलेसियालाई एक सय २७ रनको चुनौती दिएको छ ।प्रारम्भिक ब्याट्सउमन सीता राना मगरले नेपालका लागि सर्वा्धिक ४२ रन बनाइन् ।

४० बलको सामना गरेकी उनले २ चौका प्रहार गरेकी थिइन् । उनले पहिलो विकेटका लागि काजल श्रेष्ठसँग ४६ रनको साझेदारी गर्दै नेपाललाई बलियो प्लेटफर्म बनाउन सफल भइन् ।

काजलले २९ बलमा ३ चौकासहित १६ रन बनाएर आउट भइन् । मध्यक्रममा आएकी कप्तान रुबिना चौधरीले आक्रामक पारी खेल्दै २५ बलमा अविजित ३३ रन बनाउँदै नेपालको इनिङ उकासिन् ।

उनको इनिङमा पनि ३ चौका सामेल थिए । यसैगरी इन्दु बर्माले १४ बलमा १३ रन बनाइन् । भेट्रान नेरी थापा १३ बलमा ६ रन बनाएर रनआउट भइन् ।
मलेसियाका लागि दुराइसिंगम, शाशा आज्मी र जुमिका आज्मीले १–१ विकेट बाँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्