आईसीसी महिला टी–२० क्रिकेट : मलेशियामाथि नेपालको सहज जित !



आईसीसी महिला विश्वकप छनौटको एसिया क्षेत्र प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजित गरेको छ ।

नेपालले प्रस्तुत गरेको १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा मलेशियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन मात्र बनाउन सक्यो । मलेशियाका लागि विकेटकीपर क्रिष्टिना बारेटले २९ बलमा १ चौका प्रहार गर्दै २१ रन बनाउन सकिन् ।

त्यस्तै विन्फ्रिड दुराइसिङ्गमले ३० बलमा १८ र साषा आजमीले १६ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । मास एसिला ६,वान जुलिया ८,जुमिका आजमी ३ रनमा आउट भए ।

नेपालका लागि करुणा भण्डारीले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै सरिता मगरले ३ ओभरमा १२ रन खर्चेर २ विकेट हात पारिन् । सिता राना मगर र कविता कुवँरको नाममा पनि एक एक विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्