अन्ततः दीपकराज जोशीद्वारा राजीनामा !



०७ फागुन २०७५, काठमाडौँ

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन् ।

उनले प्रधानन्यायाधीशमार्फत राष्ट्रपति विद्यादेवि भण्डारीलाई राजीनामा दिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिएका छन् ।

चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीश भएसँगै जोशी लामो समयदेखि घर बिदामा बसेका थिए । जबरा प्रधानन्यायाधीश भएर आएपछि जोशीलाई इजलास तोक्न छाडेपछि जोशी घर बिदामा बसेका थिए ।

दीय सुनुवाइबाट अस्वीकृत भएका व्यक्तिले सर्वोच्च अदालतमा काम गरिरहेको भनेर कुरा उठेपछि जबराले जोशीलाई इजलास नतोक्ने घोषणा गरेका थिए ।

जबराले जोशीलाई वरिष्ठ न्यायाधीशको मर्यादामा समेत राखेका थिएनन् । उनले जोशीले प्रयोग गर्दै आएको वरिष्ठ न्यायाधीशको च्याम्बर पनि खोसेका थिए ।

न्याय परिषद्मा पनि जोशीलाई बाइबास गरेर जबराले विभिन्न निर्णयहरू गराइसकेका छन् । जोशी सर्वोच्चमा इजलास पाउन छाडेपछि विदामा बसेका थिए ।

संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि पनि जोशी केही समय घर विदामा बसेर फेरि काममा फर्किएका थिए । तर, यसपाली भने उनले राजीनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्