‘आमा बुबा सँगै नभएकाले आफूलाई अभागी ठान्छु’ : अनमोल केसी



०७ फागुन २०७५, काठमाडौँ

अनमोल केसी नेपालका निकै चर्चित अभिनेता हुन् । उनलाई लिएर अहिले चलचित्र बनाउने निर्माता निर्देशकको पाइपलाइन निकै लामो छ । यतिबेला भने उनी चलचित्र क्याप्टेन को प्रमोशनमा व्यस्त छन् ।

यस्तैमा हालै लिइएको एक अन्तवार्तामा उनले आफ्ना केही कुरा खोलेका छन् । अनमोल केसी सुरुमा चलचित्र क्षेत्रमा आउँदा उनको प्रशंसा गर्नेभन्दा पनि उनको खिल्ली उडाउने दर्शक बढी थिए । तर उनको फ्यान फलोइङ निकै लोभलाग्दो छ । अहिले अनमोललाई मन पराउने दर्शक सायदै छैनन् होला ।

अनमोलले आफूलाइ जसले छक्का, गे भन्थे उनीहरुले नै आफूलाई मेघास्टार बनाएको बताए । उनले आफूले सानैदेखि दुख नगरेको बताए । राम्रो परिवारमा अनमोलको जन्म भएकाले उनले दुखको अनुभव सानोमा कहिले पनि गरेनन् । तर उनले आफ्नो आमा बुबा सँगै नबस्दा आफूलाई निकै दुख लाग्ने बताए । उनले यो कुरामा आफूले आफूलाई अभागी सम्झने बताए ।

 

प्रतिक्रिया दिनुहोस्