जब करिनाले प्रियंकामाथि औँला उठाउँदै हलिउड नायिका हुँदैमा आफ्नो धरातल नबिर्सिउ भनिन्



०७ फागुन २०७५, काठमाडौँ

करिना कपुर र प्रियंका चोपडा दुवै बलिउडका निकै चर्चित नायिका हुन् । यतिबेला उनीहरु दुवै आफ्नो चलचित्रमा भन्दापनि व्यक्तिगत जीवनम व्यस्त छन् । दुवै नाियका केहीदिन अघि करणको चर्चित रियालिटी शो कफि विथ करणमा पुगेका थिए ।

कफि विथ करणमा दुवै एकअर्कासँग खुब रमाइरहेका थिए । यस्तैमा करणले प्रियंकालाई अहिले वरुण धवन कोसँग डेटमा छन् भने प्रश्न सोधेका थिए । त्यहाँ प्रियंकाले मलाई थाहा छैन भनिन् ।

प्रियंकाले यस्तो भनेपछि करिनाले अब तिमी हलिउड नायिका भएकाले थाहा नभएको हो भनिन् । करिनाले प्रियंकालाई औला उठाउँदै आफ्नो धरातल नबिर्सिउ भनिन् । करिनाको यस्तो जवाफमा प्रियंका लडी लडी हाँसिन् ।

प्रतिक्रिया दिनुहोस्