नेपालमा प्रजातन्त्र स्थापना भएको ६९ वर्ष पुरा, टुँडिखेलमा विशेष कार्यक्रम !



०७ फाल्गुन २०७५, काठमाडौं

नेपालमा प्रजातन्त्र स्थापना भएको आज ६९ वर्ष पुरा भएको छ । अर्थात आज विशेष कार्यक्रमका साथ ६९ औं प्रजातन्त्र दिवस मनाईदैँ छ ।नेपालको १०४ वर्षे जहाँनिया राणाशसनको अन्य भएको स्मरणमा नेपालमा प्रजातन्त्र दिवस मनाउन थालिएको हो ।

जनक्रान्तिका माध्यमबाट २००७ सालमा मुलुकबाट राणा शासन अन्त्य भएको थियो । राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाईन्छ ।

नेपालमा वि. स. २००७ साल फाल्गुन ०७ गते राणाशासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको थियो । त्यसपछि गणतन्त्रकै गजबाट लोकतन्त्र हुँदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्र भईसकेको छ ।

प्रजातन्त्र दिवस मूल समारोह समितिले मंगलबार बिहान सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोहको आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, मन्त्री, संवैधानिक निकायका प्रमुखहरु लगायतको उपस्थिति रहने बताईएको छ ।

सरकारले प्रजातन्त्र दिवसको अबसरमा विभिन्न सञ्चारमाध्यमलाई प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई समाचार प्रसारण, बुलेटिन, परिसंवाद, अन्तरिक्रिया आदि कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्