प्रियंका गर्भवती भएको कुरा झुटो भन्दै रिसाइन् प्रियंकाकी आमा



०७ फागुन २०७५, काठमाडौँ

यतिबेला बलिउडमा नायिका प्रियंका चोपडा गर्भवती भएको खबर खुब छाइरहेको छ । उनले हालैमात्र न्युओर्कमा भएको फेसन शो मा लगाएको एक ड्रेसमा उनको बेबी बम्प देखिन थालको चर्चा सुरु भएको छ । त्यसैले अहिले धेरैले उनी गर्भवती भएको अनुमान गरिरहेका छन् ।

यस सम्बन्धी प्रियंकाकी आमा मधु चोपडाले मुख खोलेकी छिन् । मधुले प्रियंका गर्भवती नभएको बताइन् । उनले क्यामराको एंगल विग्रिएका कारण मात्र उनको फोटो त्यस्तो आएको बताइन् ।

उनले यो कुरा प्रियंकालाई पनि सोधेको बताइन् । प्रियंकाले आफू त्यस समयमा निकै थाकेको भएकाले तस्बिरम त्यस्तो देखिएको बताएकी रहिछन् । मधु चोपडाले प्रियंका चोपडा गर्भवती भएको कुरा गलत भएको बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्