आयुक्त पाठकमाथि तीन सदस्यीय कमिटी गठन गरी अख्तियारले थाल्यो अनुसन्धान !



०७ फागुन २०७५, काठमाडौँ

घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)का आयुक्त राजनारायण पाठकविरुद्ध अदुअआले अनुसन्धान थालेको छ ।

सह–सचिवको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरेर अनुसन्धान सुुरु गरिएको अदुअआका प्रवक्ता रामेश्वर दंगालले बताए छन् ।

अदुअआले महान्यायाधिवक्ताको कार्यालयसँग राय लिएर अनुसन्धान सुुरु गरेको हो । महान्यायाधिवत्ताको कार्यालयले सोमबार पाठकमाथि अदुअआले छानबिन गर्न सक्ने राय दिएको थियो ।

नेपाल इञ्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार मिलाइदिने शर्तमा उनले ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएपछि पाठकले गत शुक्रबार पदबाट राजीनामा दिएका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले महाभियोग लगाउने तयारी गरेपछि पाठकले राजीनामा दिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्