कट्रिना अब चाहन्नन् बस्न एक्लै, २०१९ मा ब्वाइफ्रेण्ड बनाउने चाहना



०७ फागुन २०७५, काठमाडौँ

कट्रिना कैफ बलिउडकी निकै चर्चित् नायिका हुन् । उनले बलिउडमा छोटो समयमा नै धेरै सफलता हासिल गर्न सफल भइन् । अहिले उनी बलिउडकी निकै डिमाण्डेड र व्यस्त नायिका बनिसकेकी छिन् ।

यतिबेला भने उनी चलचित्र भारत मा व्यस्त छिन् । जहाँ उनको जोडी सलमान खानसँग बाधिएको छ । केहीदिन अगाडी मात्र सम्पन्न भएको फिल्म फेयर अवार्डमा कट्रिनाले आफ्ना आन्तरिक कुरा बताएकी छिन् । स्मरण रहोस अहिले कट्रिना सिंगल छिन् ।

उनले आफू सिंगल रहन नचाहेको बताइन् । सिंगल लाइफ दिक्क लाग्दो हुने उनको भनाइ छ । उनले २०१९ भित्रमा ब्याईफ्रेण्ड बनाउने योजना रहेको बताइन् । त्यसबाहेक उनले आफ्नो एउटा प्रोडक्सन हाउस बनाउने पनि योजना रहेको बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्