प्रियंकालाई ग्यास बाल्न सिकाउँदै आयुष्मान (भिडियो)



०७ फागुन २०७५, काठमाडौँ

प्रियंका र आयुष्मान नेपालका निकै चर्चित जोडी हुन् । यी दुवै नेपाली चलचित्र क्षेत्रका नाम चलेका कलाकार हुन् । यी दुईको प्रेमबारे थाहा नहुने सायद कोही छैनन् होला । प्रियंका र आयुष्मानले दुईजनाको नाम जोडेर आयांक फाउण्डेशन पनि खोलिसकेका छन् ।

प्रियंका कार्की र आयुष्मान जोशीले आयांक फाउण्डेशन गरिब दुखीको सहयोगको लागि खोलेका हुन् । साथै उनीहरुले केही नयाँ कुरा सिकाउन पनि खोजेका छन् । भर्खरै मात्र प्रियंका र आयुष्मानको नयाँ भिडियो सार्वजनिक भएको छ ।

जहाँ आयुष्मानले प्रियंकालाई ग्यास चुलो चलाउन सिकाएका छन् । आयुष्मानले आगो खान पकाउन बानी परेकी प्रियंकालाई ग्यास चुलोमा खान पकाउने धेरै तरिका सिकाउँछन् । जसका कारण अन्त्यमा प्रियंका ग्यास चुलोमा खाना पकाउन जान्ने पनि हुन्छिन् । उक्त छोटो चलचित्रले ग्यास चुलो कसरी चलाउने भन्ने कुरा सिकाएको छ । यसले हामीलाई पनि धेरै कुराको जानकारी गराएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्