०७ फाल्गुन २०७५, काठमाडौं
‘पशुपति शर्मा’ नेपालका एक लोकदोहोरी गायक हुन् ।
उनको गीतले नचाउँदैन मात्रै, समाजमा रहेको कुरीति, कुसंस्कार, विकृति विसंगति तथा अन्य समस्याहरुलाई पनि जस्ताको तस्तै उठान गर्ने गर्दछ ।
गत ०२ फाल्गुनमा सार्वजनिक उनको गीत ‘लुट्न सके लुट कान्छा’ ले भने नेपालमा धेरै हलचल ल्यायो । विशेषगरि राजनीतिमा रहेका व्यक्तिहरुलाई गीतको माध्यमबाट छक्का प्रहार भएको उनको गीतमा हामी सुन्न सक्छौं ।
गायक शर्माले आफ्नै युट्युब च्यानलबाट सो गीत सार्वजनिक गरेको थिए ।
यो पनि हेर्नुहोस् !
‘लुट कान्छा लुट’ गीतको प्रभाव : पशुपतिमय नेपालको बारेमा कसले के भन्छ ? (भिडियो सहित)
तर, त्यसपछि ठिक २ दिनपछि उनाई दबाव सिर्जना गरी युट्युबबाट सो गीत हटाउन लगाईएको संचार माध्यमहरुले समाचार बाहिर ल्याईरहेका छन् ।
तर, यो विषय यता नेपालमा सेलाईरहँदा उता कतारको चर्चित खबर पोर्टल ‘अलजजिरा’ ले भने समाचार प्रकाशन गरेको छ ।
यत्तिबेला गायक शर्माको पक्षमा धेरै मानिसहरु देखिन थालेका छन् ।
के लेख्यो ‘अलजजिरा’ ले ? तल क्लिक गर्नुहोस्