सैफको यस्तो बानी पटक्कै मन पर्दैन करिनालाई



०७ फागुन २०७५, काठमाडौँ

करिना कपुर र सैफ अली खान बलिउडका निकै चर्चित जोडी हुन् । यी दुईको जोडीलाई दर्शकले निकै मन पराउने गरेका छन् । पछिल्ला दिनहरुमा सैफ र करिनाले आफ्नो समय आफ्ना साना छोरा तैमुरसँग विताइरहेका छन् ।

कट्रिना र सैफ केहिदिन अघि मात्र छोरासँग छुट्टी मनाएर आएका छन् । यस्तैमा हालै भएको एक अन्तवार्तामा आफ्नो र सैफको बारेमा केही बताइन् । करिनाले उक्त अन्तवार्तामा आफूलाई सैफको सबैभन्दा मन नपर्ने बानी पनि बताइन् ।

उनले सैफले जहाँ गएपनि फुट मसाज गर्न लगाउने बताइन् । कहिँ कतै गयो कि उनले आफ्नो खुट्टा मालिस गर्न करिनालाई अराउने गर्छन् । जुन बानी करिनालाई विल्कुलै मन पर्दैन ।

 

 

प्रतिक्रिया दिनुहोस्