०७ फागुन २०७५, काठमाडौँ
क्यालिफोर्नियालगायत १६ वटा अमेरिकी राज्यले मेक्सिकोको सीमामा पर्खाल बनाउन संकटकाल घोषणा गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमविरूद्ध अदालतमा मुद्दा दर्ता गरेका छन् ।
मेक्सिकोसँग सीमा जोडिएको क्यालिफोर्नियाका महान्यायाधीवक्ता जेभियर बेसेराले सोमबार एक विज्ञप्ती जारी गर्दै मुद्दामा ट्रम्प प्रशासनको यो कदमले संविधानको उल्लंघन भएको उल्लेख गरिएको जनाईएको छ ।
राष्ट्रपति ट्रम्पले कानुूनी शासनलाई अवमूल्यन गरेका छन् । बेसेराले भने उनलाई थाहा छ, सीमामा कुनै संकट छैन, उनको संकटकाल घोषणा औचित्यपूर्ण छैन र उनले अदालतमा यो मुद्दा आफूले हार्न सक्ने पनि स्वीकारेका छन् ।
मुद्दा हाल्ने अन्य राज्यहरूमा कोलोराडो, कनेक्टिकट, डेलावेयर, हवाई, इलिनोई, मैन, मेरिल्याण्ड, मिसीगन, मिनेसोटा, नेभाडा, न्यूजर्सी, न्यूमेक्सिको तथा न्यूयोर्क, न्ययोर्कलगायतको देशहरु छन् ।
यी सबै राज्यमा महान्याधाधीवक्ता डेमोक्रेटिक पार्टीका छन् ।
मेक्सिकोको सीमामा पर्खाल लगाउन कंग्रेसले बजेट नदिएपछि आफ्नो लक्ष्य पूरा गर्न ट्रम्पले संकटकाल घोषणा गरेका जनाईएको छ ।
संकटकाल लगाएपछि कंग्रेसको स्वीकृतिबिना नै रक्षा मन्त्रालय लगायत अन्य बजेटको पैसा राष्ट्रपतिले रकम खर्च गर्न पाउँछन् ।
ट्रम्पविरूद्ध उभिएका यी राज्यहरूले सैनिकलाई दिइएको पैसा पर्खाल बनाउनमा खर्च देशको अर्थतन्त्रमा हानी पुग्नेर मिलिटरी बेसलाई अपग्रेड गर्न रोकिने तर्क गरेका छन् ।
एन्टी ड्रगको बजेट पर्खालमा बनाए पनि त्यसले क्षति पुग्ने उनीहरूको भनाई छ ।