नेपाल आएका भारतीय चर्चित गायक सोनु निगम अचानक विरामी परेर नर्भिक अस्पतालमा भए भर्ना



०७ फागुन २०७५, काठमाडौँ

सोनु निगम बलिउडका निकै परिचित गायक हुन् । उनले बलिउडमा थुप्रै हिट गीतहरु दिइसकेका छन् भने केही नेपाली गीत पनि गाएका छन् । सोनु निगम यतिबेला एक गीतको छायांकन गर्नको लागि नेपाल आएका छन् ।

सोनु निगम नेपालमा विरामी परेका छन् । अचानक उनको ढाडमा समस्या आएपनि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनलाई डाक्टरले अझै एकदिन अस्पतालमै आराम गर्नुपर्ने बताएका छन् ।

उनी केहिसमय अघि भारतमै पनि सिफूडका कारण विरामी परेका थिए । उनको स्वास्थ्यमा सुधार आएपछि उनी नेपाल आएका थिए । तर नेपाल आउने बित्तिकै उनी फेरि बिरामी परेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्