फ्यानले दिए कट्रिनालाई सलमानसँग विवाह गर्ने सल्लाह, के छ त कट्रिनाको विचार ?



०७ फागुन २०७५, काठमाडौँ

बलिउडमा निकै रुचाइएको जोडीमध्ये सलमान र कट्रिनाको जोडी पनि एक हुन् । यी दुईले एकसाथ थुप्रै चलचित्रमा काम गरेका छन् । कुनै समयमा एकअर्काको प्रेममा समेत रहेका सलमान र कट्रिना अहिले एकअर्काका निकै मिल्ने साथी हुन् ।

अहिले पनि दुवैजना चलचित्र भारत मा व्यस्त छन् । भारत मा पनि सलमान र कट्रिनाको जोडी बाधिएको छ । हाल कट्रिना सिंगल छिन् भने सलमानको पनि  कुनै केटीसँग अफेयर चलेको खबर अहिले आएको छैन ।

कट्रिनाले बारम्बार आफ्नो निजी जीवनमा कसैको आवश्यकता भएको बताइरहँदा उनका फ्यानहरुले उनलाई अचम्मको सल्लाह दिएका छन् । कट्रिनाका फ्यानले कट्रिनालाई सलमानसँग विवाह गर्ने सल्लह दिएका छन् । कट्रिना र सलमानका फ्यानले यी दुईको जोडीलाई अत्यन्तै रुचाएका छन् ।

त्यसैले पनि कट्रिनाका फ्यानले कट्रिनालाई सलमानसँग विवाह गर्ने सल्लाह दिएका छन् । अब कट्रिनाले आफ्नो फ्यानको कुरा मान्छिन् वा मान्दिनन् त्यो भने हेर्न बाकीँ नै छ ।

 

 

प्रतिक्रिया दिनुहोस्