०७ फाल्गुन २०७५, काठमाडौं
च्याम्पियन्स लिगअन्तर्गत आज लिग लिडर बार्सिलोना र लियोन आमने सामने हुँदै छन् । अन्तिम १६ का खेल राती पौने २ बजे सुरु हुने बताईएको छ ।
बार्सिलोना पछिल्ला वर्षहरूमा युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा निस्प्रभावी देखिंदै आएको छ । तर पछिल्लो समय बार्सिलोना अस्थिर प्रदर्शनको सिकार भएको छ ।
बार्सिलोनाले पछिल्ला ५ मध्ये ३ खेलमा बराबरी खेल्दा २ खेलमा जित निकालेको छ । त्यसैले बार्सिलोना निश्चित जितसहित पहिलो लेगमानै क्वाटरफाइनल यात्रालाई बलियो बनाउने ध्याउनमा हुने छ ।
सन् २०१५ मा च्याम्पियन्स लिगको फाइनलमा युभेन्टसलाई ३–१ ले हराउँदै उपाधि जितेयता बार्सिलोनाले क्वाटरफाइनल यात्रा पार लगाउन सकेको छैन ।
बार्सिलोना गत संस्करणमा रोमालाई पहिलो लेगमा ४–१ ले पराजित गरेपनि दोस्रो लेगमा ३–० ले पराजित भएपछि समग्रमा ४–४ गोल भए पनि अवे गोलका आधारमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।