फेरि आयो प्रितमको मन छुने प्रस्तुती, यसरी भए सारेगमपा लिटल च्याम्प को टप १५ मा पर्न सफल (भिडियो)



०७ फागुन २०७५, काठमाडौँ

यतिबेला भारतको चर्चित रियालिटी शो सारेगमपा लिटर च्याम्प मा नेपाली बालकले तहल्का मच्चाइरहेका छन् । प्रितम आचार्य र आयुष केसी गरी दुई नेपाली बालक यतिबेला सारेगमपा को उत्कृष्ट १५ मा पर्न सफल भएका छन् ।

प्रितमको पहिलो प्रस्तुतीले सारा नेपालीलाई र सारेगमपा का जर्जलाई पनि छोएको थियो । अहिले प्रितमको दोस्रो भिडियो पनि सार्वजनिक भएको छ । उनले सारेगमपा को मेघा राउण्डमा कल हो ना हो बोलको गीत गाएका छन् ।

उनको प्रस्तुती हेरे उनकी आमाको मात्र नभएर जर्ज र सम्पूर्ण दर्शकको पनि आखाँबाट आँशु झरेको छ । प्रितमले आफ्नो सुमधुर आवाजले छोटो समयमा नै सबैको मन जित्न सफल भएका छन् । प्रितमलाई आगामी दिनको लागि हाम्रो तर्फबाट पनि शुभकामना ।

 

 

प्रतिक्रिया दिनुहोस्