०८ फागुन २०७५, काठमाडौं
कोटेश्वर–कलङ्की सडकको बाहिरी लेन (सर्भिस ट्र्याक) निर्माण आधा सकिएको छ । दश दशमलव चार किलोमिटर लामो सडकको बाहिरी लेनको आधा काम सकिएको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ ।
कोटेश्वर–कलङ्की सडक चिनियाँ सरकारको सहयोगमा निर्माण भई गत महिना चिनियाँ दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । सडकमा आठ लेन चिनियाँ कम्पनीले र दुई लेन नेपाल सरकारले निर्माण गर्ने सम्झौता भएको इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । उनले भने, “चाँडो काम सक्न लागिपरेका छौँ ।”
सरकारले वार्षिक छुट्याएको बजेटबाट काम गर्नु पर्ने हुँदा केही भागमा निर्माणको सकिएको र केही भागमा काम भइरहेको शर्माले बताए । अघिल्लो वर्ष सडक निर्माण जारी यी दुई लेनको संरचना हटाउन नसक्दा काम गर्न ढिलाई भएको थियो । उनका अनुसार सडकमा मुख्य चार लेन, सहायक चार लेन र सर्भिस ट्र्याक दुई लेन रहेको छ ।