‘ट्वाइलेट पेपर’ सर्च गर्दा पाकिस्तानको झण्डा देखिनुमा गुगलको जिम्मेवार नरहेको स्पष्टीकरण



काठमाडौं ।

हाल गुगलको सर्च इन्जिनमा ‘ट्वाइलेट पेपर’ सर्च गर्दा पाकिस्तानको झण्डा देखिने बिषयले विश्व बजार तताई रहेको बेला गुगलले यो सबै हुनुमा आफूहरु जिम्मेवार नभएको स्पष्टीकरण दिएको छ ।

गुगलमा ‘बेस्ट ट्वाइलेट पेपर इन द वर्ल्ड’ सर्च गर्दा पाकिस्तानको झण्डा देखिएकाले गुगलको आलोचना भएको थियो ।

मिडिया रिपोर्टर्स र अन्य धेरै व्यक्तिहरुले सामाजिक सन्जालमा ब्यत्त अभिव्यक्तिका अनुसार १४ फेब्रुअरीमा जम्मु काश्मिरको पुलवाको आक्रमणपछि गुगलमा ‘द्यभकत तयष्भित उबउभच ष्ल तजभ धयचमि’ सर्च गर्दा पाकिस्तानी झण्डाको तस्वीर देखिएको थियो ।

गुगलका प्रवक्ताले भनेका छन्( जबदेखि यो खबर भाइरल भयो त्यही बेलादेखि ति सबै फोटोको र्‍याङ्किङ जाँच भइरहेको छ । तर के हो भने गुगलको सर्च रिजल्ट अर्बौं की(वर्ड्सको र्‍याङ्किङको आधारमा देखिन्छ । यो र्‍याङ्किङ व्यापकता र लोकप्रियता जस्ता दुई सय वटा कारणबाट तय हुन्छ ।’

गुगलमा एउटा कुरा सर्च गर्दा अर्कै देखिनु पहिलो पटक भने होइन । यसअघि ‘फेकु’, ‘पप्पु’ र ‘इडियट’ शब्द सर्च गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर देखिन्थे । यस्तै ‘भिखारी’ शब्द सर्च गर्दा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्वीर देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्