कट्रिना भन्छिन्, रणवीरसँग डेट गर्दैमा आलियासँगको मेरो सम्बन्ध विग्रदैँन



०८ फागुन २०७५, काठमाडौँ

आलिया भट्ट र कट्रिना कैफ दुवै बलिउडका निकै चर्चित नायिका हुन् । यी दुई एकअर्काका निकै मिल्ने साथी पनि हुन् । केहीसमय अघि कट्रिना र आलियाको सम्बन्ध बिग्रिएको चर्चा चलेको थियो । तर यो कुरालाई कट्रिना र आलियाले गलत साबित गरिदिएका छन् ।

केहीदिन अघि कट्रिना आलियाको चलचित्र गल्ली ब्वाइज हेर्न पुगेकी थिइन् । त्यहाँ यी दुई नायिकाको मित्रता खुब झल्किएको थियो । त्यही समयमा कट्रिनाले आलियासँग आफ्नो कत्तिपनि मनमुटाव नभएको बताइन् । उनले आलिया रणवीरसँग डेट गर्दैमा आफ्नो र आलियाको सम्बन्ध नबिग्रने बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्