पशुपति शर्माको विवादबारे यस्तो भन्छिन् ज्योति मगर (भिडियो)



०८ फागुन २०७५, काठमाडौँ

ज्योती मगर लोकदोहोरी बहुचर्चित गायिका हुन् । तर उनीपनि मिडियामा धेरै विवादित भएर आउने गर्छिन् । विशेषगरी ज्योति आफ्नो ड्रेसअपका कारण विवादित हुने गर्छिन् ।

ज्योतिले हालै एक अन्तवार्तामा अहिले बजारमा एकदमै चर्चामा आएका लोकदोहोरी चर्चित गायक पशुपति शर्माको बारेमा केही बोलेकी छिन् । पशुपति शर्मा केहीदिन अघि आफ्नो एक गीतका कारण निकै विवादित बन्न पुगे । पशुपतिले निकालेको लुट कान्छा लुट बोलको गीतका कारण उनी आलोचित बन्न पुगेको थिए ।

पशुपतिले उक्त गीत आफैले युट्युबबाट हटाए । तर अहिले अन्य युट्युब च्यानलमार्फत उनको उक्त गीत फेरि युट्युबमा राखिएको छ । यसैबीच ज्योतिले पशुपतिले गीत नहटाउनु पर्ने बताइन् । उनले पशुपतिले केही गलत नगरेकाले उनले गीत पनि हटाउन आवश्यक नभएको बताइन् । साथै उनले पशुपति आफ्नो मिल्ने साथी भएकाले उनले आफूले गरेको कामप्रति डराउन नपर्ने बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्