आज प्रधानमन्त्री ओलीको सम्बोधन, सदूरपश्चिम प्रदेशसभामा



०८ फागुन २०७५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै छन् ।

बुधबार बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले प्रदेश १, २, ३, गण्डकी र ५ प्रदेशको प्रदेशसभा बैठकलाई यसअघि नै सम्बोधन गरिसकेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले बिहान ११ पार्टीको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

नेकपाको विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, भीम रावल, लेखराज भट्टलगायतका नेताहरू धनगढी पुगिसकेका छन् ।

भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ र ऊर्जा मन्त्री वर्षमान पुन पनि धनगढी पुगेका छन्। सुदूरपश्चिमका विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार त्यसतर्फ गएका प्रधानमन्त्री ओली बुधबार साँझ काठमाडौं फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्