पहिलो पटक चलचत्रिमा एकसाथ देखिदै अनमोल र प्रदिप ?



०८ फागुन २०७५, काठमाडौँ

नायक प्रदिप खड्का र अनमोल केसी दुवै नेपाली चलचित्र क्षेत्रका अत्यन्तै सफल र चर्चित नायक हुन् । अहिले नेपाली चलचित्र क्षेत्रमा यी दुईकै राज छ भन्दा फरक नपर्ला । अहिले नेपाली चलचित्रमा यी दुईलाई को भन्दा को कम भन्न थालिएको छ ।

मिडियाले यी दुईलाई प्रतिस्पर्धीको रुपमा देखाएपनि अनमोल र प्रदिपले सधैँ आफूहरु एकअर्काको प्रतिस्पर्धी नभएर प्रशंसक भएको बताउँदै आएका छन् । हालै भएको एक अन्तवार्तामा प्रदिपले अनमोलको बारेमा एक नयाँ कुरा बताएका छन् ।

प्रदिपले उनको र अनमोलको निकै कम भेटघाट भएपनि एकअर्काको सम्बन्ध भने निकै राम्रो रहेको बताए । उनले अनमोलसँग चलचित्रमा सँगै काम गर्ने रहर भएको समेत बताए । प्रदिपले अहिले एउटा स्क्रिप्टमा अनमोल र उनलाई सुहाउने रोलको तयारी भएको बताए ।

प्रदिपले अनमोल र प्रदिपका फ्यानको लागि नयाँ आश देखाएका छन् । उनले उनी र अनमोल चलचित्रमा एकसाथ देखिने सम्भावना निकै भएको बताए । उनले सम्भवत उनी र अनमोल एउटै चलचित्रमा देखिने प्रतिक्रिया दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्