राजेश हमालले गीत गाएर अन्तवार्तामै मधुलाई लठ्ठ पारे (भिडियो)



०८ फागुन २०७५, काठमाडौँ

राजेश हमाल नेपालका निकै चर्चित अभिनेता हुन् । अझ उनलाई त महानायकको ट्याग पनि दिइएको छ । यतिबेला उनी नेपालमै पहिलो पटक भित्रिएको अन्तराष्ट्रिय स्तरको रियालिटी शो कोब न्छ करोडपति मा व्यस्त छन् ।

राजेश हमालले निकै ठिलो विवाह गरेका हुन् । नेपाली चलचित्र क्षेत्रमा उनको व्यक्तिगत जीवनको पनि खुबै चर्चा हुने गर्छ । उनी आजभोली अधिकांश ठाउँमा आफ्नी श्रीमती मधु भट्टराईसँग पुगेका हुन्छन् ।

भर्खरै मात्र पनि राजेश र मधु माल्भिका सुब्बाको चर्चित शो जीवनसाथी मा पुगेका थिए । त्यहाँ उनले र मधुले एकअर्काको खुब तारिफ पनि गरे । त्यतिमात्र नभएर राजेशले मधुलाई गीत गाएर सुनाएर लठ्ठ बनाए । राजेशले गीत गाउँदा मधु लजाएकी पनि थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्